मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमल पोखरेलको निबन्ध–नियात्रा संग्रह ‘धरतीको इन्द्रेणी’ ‘सार्वजनिक

विमल पोखरेलको निबन्ध–नियात्रा संग्रह ‘धरतीको इन्द्रेणी’ ‘सार्वजनिक

अपि टाइम्स

काठमाडौँ । लेखक तथा अधिवक्ता विमल पोखरेलको निबन्ध–नियात्रा संग्रह ‘धरतीको इन्द्रेणी’ सार्वजनिक भएको छ। शनिबार रामशाह पथस्थित नेपाल बार एशोसियनमा आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो।

राष्ट्रिय जनमोर्चानिकट विद्यर्थी संगठन अखिल छैठौँका पूर्वअध्यक्षसमेत रहेका पोखरेलले पुस्तकमा आफ्नो राजनीतिक यात्राको क्रममा देखेका र भोगेका विषयवस्तुलाई समेटेका छन्।

पुस्तकमा नेपालका पूर्वदेखि पश्चिम, हिमालदेखि तराईसम्म र भारतका केही स्थानका भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक र ऐतिहासिक विषयलाई समेटिएको पोखरेलले बताए।

पुस्तकमा २३ वटा निबन्धन तथा नियात्रा समावेश छन्। पोखरेलको यो पाँचौं पुस्तक हो। उनका यसअघि शिक्षाको राजनीतिक स्वरुप, ज्ञानको पाइला, नेपालको पूर्वीय दर्शनको शासन र नेपालको विद्यार्थी आन्दोल र अखिल छैठौँको इतिहास प्रकाशित छन्।

पुस्तक सार्वजनिक समारोहमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष मातृका पोखरेल, प्रज्ञा सदस्य डा। कौशिला रिसाल तथा पत्रकार अरुण बरालले पुस्तकबारे टिप्पणी गरे।

पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार बरालले देशको अवस्था र समाजको अध्ययनको लागि पुस्तक महत्वपूर्ण रहेको बताए। उनले भने, ‘पुस्तकमा केही निबन्धहरु पहिला नै हाँकलगात पत्रिकाहरुमा प्रकाशित भएका भएपनि ती महत्वपूर्ण विषयहरुका पुस्तकमार्फत् पुनः पाठकमाझ ल्याउनु आफैंमा ठुलो कुरा हो।’

त्यस्तै राजमो उपाध्यक्ष पौडेलले नयाँ पुस्ताका युवाले यस्ता महत्वपूर्ण विषयमा पुस्तक लेख्नु राम्रो कुरा भएको बताइन्।