मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेल्टा कपिलवस्तुको अध्यक्षमा पोख्रेल सर्वसम्मत

नेल्टा कपिलवस्तुको अध्यक्षमा पोख्रेल सर्वसम्मत

अपि टाइम्स

काठमाडौँ । नेपाल अङ्ग्रेजी शिक्षक सङगठन (नेल्टा)कपिलवस्तुको अध्यक्षमा प्राध्यापक गोविन्द पोख्रेल सर्वसम्मत चयन भएका छन् । शनिबार समपन्न शाखाको दोस्रो अधिबेशनले पोख्रेलको अध्यक्षतामा आगामी ३ बर्षको लागि ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । यस्तै उपाध्यक्षमा भरत राज न्योपाने, सचिवमा नानुमाया खनाल , कोषाध्यक्षमा घनश्याम गैरे चयन हुनुभएको छ । शनिबार नै भेलाले निखिल भट्टराई रहेको ९ सदस्यीय एसेस आल्मुनी पनि गठन गरेको छ ।

नेल्टा जिल्ला अध्यक्ष गोविन्द खनालको अध्यक्षता, शिक्षा बिकास तथा समन्वय इकाई कपिलवस्तुका कार्यालय प्रमुख थानेश्वर घिमिरेको प्रमुख आतिथ्यमा समपन्न कार्यक्रममा नेल्टाका केन्द्रिय सदस्य होमराज खड्का, लुम्बिनी प्रदेश महासचिव कृष्ण भट्टराई, दाङ अध्यक्ष तुल्सिराम डाङगी लगायतले शुभकामना दिएका थिए । गोविन्द पोखरेलको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भरतराज न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

अध्यक्षमा सर्वसम्मत चयन गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिँदै पोख्रेलले अङ्ग्रेजी शिक्षक सङगठनलाई थप बलियो र सबैको विश्वासिलो संगठन बनाउने बताए । कपिलवस्तुमा अझै पनि अंग्रेजी भाषा सबलिकृत हुन नसकेकोले यस अभियानमा धेरैलाई जोड्ने काम आफूबाट हुने उनले अपिटाइम्सलाई बताए । उनले संगठन सुदृढिकरणको लागि विशेष योजनाका साथ काम गर्ने उनको दावी छ ।