मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लाका तीन गाउँमा पहिरो जान शुरु, २ सय १० घरधुरी जोखिममा

हुम्लाका तीन गाउँमा पहिरो जान शुरु, २ सय १० घरधुरी जोखिममा

अपि टाइम्स

काठमाण्डौ । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर २ को रिप गाउँमा बाढीपहिरोको जोखिम बढेपछि प्रभावित क्षेत्रको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयसँगै सुरक्षाकर्मीको टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।

गएरातिबाट परेको अविरल वर्षाका कारण स्थानीय खोलामा पानीको बहाव बढेपछि बाढीको जोखिम बढ्दै गएको सर्केगाड गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाले बताउनुभयो । अहिले भने वर्षा हुन छोडेपछि पानीको बहाव पनि घट्न थालेको थापाले बताए ।

यसैबीच, सर्केगाडका तीन वटा बस्तीको माथिल्लो भागबाट पहिरो जान शुरु भइसकेकाले जोखिममा रहेका बस्ती पहिचान गरेर स्थानान्तरण गर्नुपर्ने गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । उनले बाढीले खेतीयोग्य जमिन बगाएकाले क्षतिपूर्ति र राहत सामग्रीको पनि आवश्यकता रहेको बताए ।

कर्णाली प्रदेशका प्रहरी प्रमुख भीमप्रसाद ढकालले झण्डै २ सय १० घरधुरीका ७ सय जना बाढीपहिरोको उच्च जोखिममा रहेको भन्दै जोखिममा परेका नागरिकको उद्धारसँगै स्थानान्तरण गर्न सुरक्षाको टोलीलाई निर्देशन दिइसकेको बताए ।