मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध सम्पत्ति आर्जन गर्दा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ

अवैध सम्पत्ति आर्जन गर्दा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ

अपि टाइम्स

बोगोटा । कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई अफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जनगरेको आरोपमा पक्राउ गरिएको शनिबार बताएका हुन् ।

कोलम्बियाका पहिलो बामपन्थी राष्ट्रपतिले ट्वीटरमा लेखेका छन्, “प्रहरीले उहाँका छोरा निकोलस र निकोलसकी पूर्वपत्नी डेयुरिस भास्केजलाई पक्राउ गरेको छ ।”

निकोलस पेट्रोले सन् २०२२ मा आफ्ना पिताको सफल राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करहरूबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी शहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको आरोप गत मार्चमा भास्केजले लगाएका थिए ।

पेट्रोले लेखेका छन्, “म मेरो छोरालाई भाग्य र शक्तिको कामना गर्दछु । यी घटनाहरूले उनको चरित्र निर्माण गरोस् र तिनले आफ्ना गल्तीहरू प्रतिबिम्बित गरून् ।” “एक व्यक्ति र बुबाको रूपमा यति धेरै आत्म–विनाश देख्दा पीडा हुन्छ,” उनले थपे ।

अभियोजकहरूले राष्ट्रपतिका छोरा पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको र यसको अवैध संवर्धनको आरोपमा पक्राउ गरिएको पुष्टि गरेका छन् । भास्केजलाई पनि त्यो पहिलो अपराधको आरोप लगाइएको थियो ।