मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एभरेष्ट माविले वसन्तपुरसम्म गरायो विद्यार्थीलाई ‘पैदलयात्रा’

एभरेष्ट माविले वसन्तपुरसम्म गरायो विद्यार्थीलाई ‘पैदलयात्रा’

अपि टाइम्स

काठमाडौँ । बुटवलस्थित एभरेष्ट माध्यमिक विद्यालयमा एकदिने पैदलयात्रा समपन्न भएको छ । होटल व्यवस्थापन अन्तर्गत कक्षा १२ मा अध्धयनरत विद्यार्थीलाई केन्द्रित गरी पैदलयात्रा गराइएको हो ।

भौगोलिक विविधताको अध्ययन, वन, वनस्पति, तथा वन्यजन्तुको अवलोकन एवम् मनोरञ्जनात्मक उद्देश्य राखी पाल्पाको तिनाउ गाउँपालिकास्थित पर्यटकीय तथा धार्मिक स्थल वसन्तपुरसम्मको यात्रा गरिएको उपप्राचार्य उमेश रेग्मीले बताए ।

यात्रापछि वसन्तपुरमा सरसफाइ पनि गरिएको शिक्षकद्वय सरोज राना र प्रारम्भ न्यौपानेले बताए । यात्रा प्रभावकारी भएपछि हरेक शुक्रबार व्यवस्थापन समूहका विद्यार्थीहरुलाई यस्तै मनोरञ्जनात्मक र शिक्षामुलक कार्यक्रमहरु सञ्चालन गर्ने गरी योजना बनाइएको उपप्राचार्य रेग्मीले अपि टाइम्सलाई बताए ।