मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साढे २५ अर्ब रूपैयाँभन्दा धेरैले घट्यो सुनचाँदी आयात

साढे २५ अर्ब रूपैयाँभन्दा धेरैले घट्यो सुनचाँदी आयात

अपि टाइम्स

काठमाडौँ । सुनचाँदीको आयात आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा साढे २५ अर्ब रूपैयाँभन्दा धेरैले घटेको छ।

सुनको आयात २०७९/८० मा ३७ प्रतिशतले कम भएको छ। २०७८/७९ मा ३५ अर्ब ६१ करोड रूपैयाँको (ढिक्का सुन) सुन आयात भएको थियो। २०७९/८० मा २२ अर्ब ३५ करोड रूपैयाँको मात्रै छ।

त्यस्तै चाँदी आयात ८८ प्रतिशतले घटेको छ। २०७८/७९ मा अर्धतयारी (ढिक्का चाँदी) १३ अर्ब ९ करोड रूपैयाँ बराबरको आयात भएको थियो। २०७९/८० मा एक अर्ब ५१ करोड रूपैयाँको मात्रै आएको भन्सार विभागको तथ्यांक छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो एक दशक समयमा पहिलोपटक चाँदी आयात कम भएको हो। २०७०/७१ यता हरेक वर्ष चाँदी आयात उकालो लागेको थियो।

आयात मूल्यको हिसाबमा सुन र चाँदीमा २५ अर्ब ६५ करोड रूपैयाँ (झन्डै ५२ प्रतिशत) ले कमी आएको छ।

सरोकारवालाहरूका अनुसार यसरी आयात घट्नुका केही कारण छन् – सुनचाँदी आयातको परिमाण घटाइनु वा कोटा प्रणाली लागू हुनु, भन्सार महसुल बढ्नु, बजार मूल्य बढेर क्रय शक्ति घट्नु र अवैधानिक कारोबार बढ्नु प्रमुख हुन्।

यस्ता कारण भए पनि सुनचाँदी आयातमा अहिले आएको कमी अस्वाभाविक मानिएको छ। त्यसैले अवैधानिक कारोबार धेरै भएको शंका गर्ने ठाउँ रहेको सरकारी अधिकारी तथा सरोकारवालाहरूले बताएका छन्।

पूर्वसचिव चन्द्र घिमिरे यसबारे गम्भीर अनुसन्धान गर्न जरूरी रहेको बताउँछन्।