मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरु दल खराब भए भन्दैमा एमाले खराब छ भन्नु गलतः ओली

अरु दल खराब भए भन्दैमा एमाले खराब छ भन्नु गलतः ओली

अपि टाइम्स

काठमाण्डौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै नीतिको मूलनीति राजनीति भएकाले राजनीति फोहर हुन नहुने बताएका छन् ।

एमालेको केन्द्रीय संस्कृति विभागले आज सोमवार पार्टीको केन्द्रीय पार्टी कार्यालय च्यासलमा आयोजना गरेको युगदूत पत्रिकाको विमोचन र खिर खाने कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिका नाममा अपवित्र काम गर्न नहुने र सबै दल फोहर नै छन् भन्ने भाष्य निर्माण गरिनु गलत भएको बताए । अरु दल खराब भए भन्दैमा एमाले पनि खराब छ भन्नु गलत रहेको उनले बताए ।
नेपाली ज्ञानको परम्परा गौरवयुक्त भएकोले वर्तमानमा लेखिरहेका साहित्यकारले सामाजिक यथार्थ र सुन्दर भविष्यको रेखा कोर्ने गरी कलम चलाउनुपर्नेमा उनको जोड थियो । विभागका प्रमुख रघुजी पन्तले युगदूतलाई पार्टीको साहित्यिक मुखपत्रका रूपमा नियमित प्रकाशन गर्ने जानकारी दिनुभयो ।