मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपमा भारत–पाकिस्तानबीचको खेल एक दिन पहिले हुने

विश्वकपमा भारत–पाकिस्तानबीचको खेल एक दिन पहिले हुने

अपि टाइम्स

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप २०२३ मा भारत र पाकिस्तानबीचको खेल एक दिन पहिले हुने भएको छ ।

समाचार एजेन्सी एएनआईले ईएसपीएन क्रिकइन्फोलाई उद्धृत गर्दै भनेको छ– अब यो खेल अक्टोबर १५ को सट्टा अक्टोबर १४ तारिकमा हुनेछ । अक्टोबर १५ नवरात्रिको पहिलो दिन (घटस्थापना) हो । त्यसैले सुरक्षा निकायको सल्लाहमा भारत–पाकिस्तान खेलको मिति परिवर्तन गर्न दुवै देश सहमत भएका हुन् ।

आईसीसीले परिमार्जित तालिका सार्वजनिक नगरे पनि पाकिस्तान क्रिकेट बोर्ड यो परिवर्तन गर्न सहमत भएको खबरमा उल्लेख छ । यो खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तनले पाकिस्तानको यसअघि श्रीलङ्कासँगको खेल पनि प्रभावित हुनेछ । यो खेल पहिले नै तय गरिएको हैदराबाद स्टेडियममा हुनेछ तर अक्टोबर १२ को सट्टा अब अक्टोबर १० मा गर्ने तयारी भएको छ ।