मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी पीडितको आन्दोलन स्थगित, सरकारसंग भयो यस्तो सहमति

सहकारी पीडितको आन्दोलन स्थगित, सरकारसंग भयो यस्तो सहमति

अपि टाइम्स

काठमाण्डौ । सरकार र आन्दोलनरत सहकारी पीडितबीच सात बुँदे सहमति भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिबीच सहमति भएको हो ।

मन्त्री रन्जिता श्रेष्ठको समेत सहभागितामा भएको वार्तामा सरकारले गठन गरेको सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमा बचतकर्ताका सदस्यको अधिकतम हित संरक्षण गर्ने उद्देश्यले उनीहरूको पनि प्रतिनिधत्व गराउने सहमति भएको छ । अधिकतम तीन जनासम्म प्रतिनिधिलाई आमन्त्रित सदस्यका रूपमा समावेश गर्ने सहमति भएको हो । सहकारी संस्थाका बचतकर्ताहरूको बचत सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ ।

ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयन गर्न मन्त्रालयले समन्वय गर्ने भएको छ । सहमतिसँगै सहकारी संस्थाका बचतकर्ता सदस्यहरूबाट माइतीघर मण्डलामा जारी अनशन, धर्नालगायतका आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।