मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शाइन बैंकको ‘गो ग्रिन प्रोजेक्ट’, सियारीमा वृक्षारोपण

शाइन बैंकको ‘गो ग्रिन प्रोजेक्ट’, सियारीमा वृक्षारोपण

अपि टाइम्स

सियारी । शाइन रेसुङगा डेभलपमेण्ट बैंक लिमिटेडको आयोजनामा वृक्षारोपण कार्यक्रम भएको छ । शाईन गो ग्रिन प्रोजेक्ट अन्तर्गत भैरहवा क्लस्टर अन्तर्गत रहेका सातवटा शाखाले बिहिबार रुपन्देहीको सियारी गाउँपालिका वडा नं४ रहेका दुईबटा शैक्षिक सस्थामा वृक्षारोपण गरेका हुन् ।

बैंकले सियारी ४ मा रहेको लिलाधर घिमिरे छपिया जनता कलेज र बालकल्याण प्राथमिक विद्यालयमा बिभिन्न एक सय प्रजातिका वृक्षारोपण गरिएको बैकका छपिया शाखा प्रबन्धक राजु शर्माले जानकारी दिए ।

उक्त कार्यक्रममा भैरहवा क्लस्टर प्रमुख सतिशकुमार द्विवेदी, सिद्धार्थनगर शाखा प्रमुख प्रदिपकुमार पौडेल, भैरहवा शाखा प्रमुख ममता कुर्मी, सुर्यपुरा शाखा प्रमुख दिनेश थारु, पर्सा शाखा प्रमुख किरण आचार्य लगाएका बैकका कर्मचारीहरुको उपस्थितीमा बृक्षारोपण गरिएको हो ।

कार्यक्रममा कलेज प्रमुख लोक शर्मा बस्याल, विद्यालयका अध्यक्ष शिव भण्डारी, प्रधानाध्यापक नगेन्द्र यादव लगाएतले बोल्दै बैकको सहकार्यमा लगाईएको बिरुवाको संरक्षणमा कलेज र बिद्यालयले समन्वय गर्ने बताएका थिए ।

बैँकले गतबर्ष आफ्नो १४ औं बार्षिक उत्सवको अवसर पारेर १४ हजार बढी बृक्षारोपण गरेको थियो । देशभर गरी ८८ वटा शाखा कार्यालय, एउटा एक्टेन्सन काउन्टर, १६ वटा एटिएम ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा सुविधा दिदै आईरहेको बैंकले जनाएको छ ।