मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन तस्करी प्रकरणका आरोपितलाई सीआईबीको हिरासतमा पठाइयो

सुन तस्करी प्रकरणका आरोपितलाई सीआईबीको हिरासतमा पठाइयो

अपि टाइम्स

काठमाडौँ । राजस्व अनुसन्धान विभागको पुल्लोचकस्थित हिरासत रहेका क्विन्टल सुन तस्करी प्रकरणका आरोपितलाई प्रहरीको जिम्मा लगाइएको छ । विभागले हिरासतमा भएका आरोपितहरु संकलित तथ्य प्रमाणसहित बाँकी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०लाई आइतबार जिम्मा दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो। उक्त प्रकरणमा विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी, तीन जना भन्सार एजेन्ट, तीन विदेशी नागरिक, रेडी ट्रेडका सञ्चालकलगायत १८ जना पक्राउ परेकोमा एक जना हाजिरी जमानीमा रिहा भएर बाँकी १७ ना हिरासतमा छन् ।