मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन प्रकरणमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति

सुन प्रकरणमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति

अपि टाइम्स

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन प्रकरणमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोमबार अदालतले पक्राउ परेका १७ जनाको म्याद मिलान गर्दै ७ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

‘यसअघि नै उच्च अदालत पाटनले म्याद दिएको थियो। त्यसलाई जिल्लामा सारेर मिलान गरिएको छ। ७ दिनको म्याद मिलान भएको छ,’ उनले भने।

भन्सार ऐन अन्तर्गत अवैध सुन पैठारी तथा संगठित अपराधमा म्याद थप भएको उनले बताए। यस कसुरअनुसार प्रहरीसँग अनुसन्धान गर्ने समय ६० दिन हुन्छ।

तर राजश्व अनुसन्धान विभागले यस प्रकरणमा २० दिन अनुसन्धान गरेको हुँदा प्रहरीसँग ४० दिनमात्रै बाँकी छ। विभागले यसअघि राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको थियो।

तर अनुसन्धानको क्रममा संगठित अपराध र अन्तर्देशीय अपराध समेत देखिएको भन्दै प्रहरीलाई दिइएको हो।

विभागले अनुसन्धानको मिसिल र पक्राउ परेका अभियुक्तहरूलाई आइतबार सिआइबीमा बुझाएको थियो।

अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी सन्जयसिंह थापा नेतृत्वको टिमले यसको अनुसन्धान गरिरहेको छ।