मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्राइम, हिमालयन र कुमारी बैंक राष्ट्र बैंकको कारबाहीमा

प्राइम, हिमालयन र कुमारी बैंक राष्ट्र बैंकको कारबाहीमा

अपि टाइम्स

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तीन वटा क वर्गका अर्थात् वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरू पालना नगर्ने प्राइम कर्मसियल बैंक, हिमालयन बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो ।

प्राइम कमर्सियल बैंकले कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको बैंकले जनाएको छ । यस्तै कानुन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकाले प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको सूचनामा उल्लेख छ ।

साथै गएको माघमा कर्जा–निक्षेप अनुपात कायम नगरेको कुमारी बैंकलाई ५९ लाख ६३ हजार ६ सय ९४ रुपैयाँ तथा कात्तिकमा कर्जा–निक्षेप अनुपात कायम नगरेको हिमालयन बैंकलाई एक करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिबाना गरिएको बैंकले जनाएको छ ।

प्राइम र कुमारी बैंक पहिलो पटक कारबाही परेका हुन् भने हिमालयनलाई दोस्रो पटक कारबाही गरिएको सूचनामा उल्लेख छ ।