मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोनाल्डो अर्को दुर्लभ किर्तिमानीको नजिक

रोनाल्डो अर्को दुर्लभ किर्तिमानीको नजिक

अपि टाइम्स

एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरबाट पहिलो उपाधि जित्ने संघारमा पुगेका छन्। साउदी क्लब अल नासर अरब क्लब कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेसंगै रोनाल्डो साउदीमा पहिलो उपाधि नजिक पुगेका हुन्।


अरब क्लब कप २०२३ मा रोनाल्डो र अल नासर उच्च प्रदर्शन गरिरहेका छन्। समूहचरणका तीन खेल मध्ये दुई खेलमा बराबरी खेलेको अल नासरले एक खेलमा जित निकालेको थियो। आइतबार राति भएको क्वाटरफाइनल खेलमा अल नासरले मोरक्कोको राजा क्लासबान्कालाई ३(१ को गोल अन्तरले पराजित गर्यो।

राजा क्लासबान्का विरुद्धको खेलमा अल नासरलाई रोनाल्डोले नै अग्रता दिलाएका थिए। रोनाल्डोले १९ औं मिनेटमा गोल गरेका थिए। एन्डरसन टालिस्का सिर्जना गरेको सुन्दर मुभलाई रोनाल्डोले गोलमा परिणत गर्न सफल भएका थिए।

अल नासरले अब उपाधि जित्न दुई खेल मात्र जिते पुग्नेछ। अल नासरको हालको लयलाई हेर्ने हो भने अल नासरले क्लब कप नजित्ला भन्न सकिन्न। यदि क्लब कप अल नासरले जितेको खण्डमा सो उपाधि रोनाल्डोका लागि साउदी भूमिको पहिलो उपाधि हुनेछ।