मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्र बैंकले खुकुलो बनायो आयात

राष्ट्र बैंकले खुकुलो बनायो आयात

अपि टाइम्स

काठमाडौ । विदेशी मुद्राको सञ्चिति वृद्धि भएसँगै राष्ट्र बैंकले आयात खुकुलो बनाएको छ। सोमबार विदेशी विनिमय सम्बन्धमा जारी भएको एकीकृत परिपत्रअनुसार राष्ट्र बैंकले आयात केही खुकुलो बनाएको हो।

परिपत्रअनुसार आयातकर्ताले अब ६० हजार अमेरिकी डलरसम्मको ९सोमबारको दरमा करिब ८० लाख रूपैयाँ० प्रतीत पत्र ९एलसी० खोल्न पाउने भएका छन्।

यसअघि एकपटकमा ५० हजार अमेरिकी डलर ९सोमबारको दरमा करिब साढे ६६ लाख रूपैयाँ० भन्दा धेरै रकमको एलसी खोल्न नपाउने व्यवस्था थियो।

भारतबाट हुने आयातको यस्तो सीमा भने तीन करोड रूपैयाँसम्म छ। रेमिटेन्स भित्रिने दर बढ्दै गएपछि अहिले ११ महिनाभन्दा धेरैको आयात धान्ने विदेशी मुद्राको सञ्चिति छ।

यसअघि रेमिटेन्सले ६ महिनासम्मको मात्रै आयात धान्ने अवस्था भएपछि आयातमा कडाइ गरिएको थियो।