मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी-ट्वान्टीमा बाबरको कीर्तिमानी दशौं शतक

टी-ट्वान्टीमा बाबरको कीर्तिमानी दशौं शतक

अपि टाइम्स

काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले टीट्वान्टी क्रिकेटमा दशौं कीर्तिमानी शतक प्रहार गरेका छन् ।

बाबरले श्रीलंकामा जारी लंका प्रिमियर लिगमा कोलोम्बो स्ट्राइकर्सबाट खेल्दै आएका छन् । सोमबार भएको खेलमा गाले टाइटन्सविरुद्ध ७ विकेटको सानदार जित दिलाउन बाबरले कीर्तिमानी दशौं शतक प्रहार गरेका हुन् ।

गालेले दिएको १ सय ८९ रनको लक्ष्य कोलोम्बोले १९ दशमलब ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

कोलोम्बोको जितमा बाबरले ५९ बलमा ८ चौका र ५ छक्कासहित १ सय ४ रनको शतकीय इनिङ खेले । यो उनको टी(ट्वान्टी करिअरको दशौं शतक हो ।

टीट्वान्टी क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमानमा बाबर वेस्टइन्डिजका क्रिस गेल भन्दा मात्रै पछि रहेका छन् । गेलले टीट्वान्टी क्रिकेटमा २२ शतक प्रहार गरेका छन् ।

विराट कोहली, आरोन फिन्च, डेविड वार्नर र माइकल किलिंगरले समान ८ र ८ शतक प्रहार गरेका छन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गालेले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।

गालेका लागि टिम सिफर्टले ३५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५४ रन बनाए ।