मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना, ४ को मृत्यु १५ घाइते घाइते

रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना, ४ को मृत्यु १५ घाइते घाइते

अपि टाइम्स

रोल्पा । रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् ।

मंगलबार दिउँसो १ बजेपछि ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको हो ।

स्थानीयहरूका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक बालक भने भेटिएका छैनन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

घटनास्थलमा घाइते र मृत्यु भएकाहरुको उद्धार जारी रहेको स्थानीय अगुवा डम्बरबहादुर पुनले बताए । उनका अनुसार घटनास्थलमा उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएका छन् । मृतकको पहिचान हुन बाँकी छ ।

घटनाबारे जानकारी पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षकसहितको प्रहरी टोली खटाइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बताए । घटनाबारे प्रमुख जिल्ल्ला अधिकारी र प्रहरीलाई साढे १ बजे सूचना प्राप्त भएको थियो ।

उत्तरी रोल्पाको परिवर्तन गाउँपालिकाको बागमाराबाट बिहान दाङ तर्फ जाँदै गरेको बस त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिचीमा दुर्घटनाग्रस्त भएको हो । चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।