मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेस्ट इन्डिजविरुद्धको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी

वेस्ट इन्डिजविरुद्धको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी

अपि टाइम्स

काठमाण्डौ – घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी भएको छ ।

पाँच खेलको शृंखलामा वेस्टइन्डिज २–१ ले अघि छ ।

गएराति भएको खेलमा जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

भारतका सूर्यकुमार यादवले सर्वाधिक ८३ रन बनाए । तिलक बर्मा ४९ र हार्दिक पान्ड्या २० रनमा रनमा अविजित रहे ।

डेब्यू खेल खेलेका यशस्वी जैसवाल १ र शुभमन गिल ६ रनमै आउट भए ।

वेस्ट इन्डिजका अल्जारी जोशेफले दुई तथा ओबेद म्याककोयले एक विकेट लिए ।

त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो ।

उसका कप्तान रोभम्यान पावेल ४० रनमा अविजित रहे । ब्रेन्डन किंगले ४२ रन जोडे ।

भारतका कुलदीप यादवले ३ विकेट लिए । अक्षर पटेल र मुकेश कुमारले समान एकरएक विकेट लिए ।

पहिलो खेलमा वेस्ट इन्डिज ४ रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो ।

चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।