मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबर अजामको कप्तानीमा नेपालसँग खेल्ने टोलीको घोषणा

बाबर अजामको कप्तानीमा नेपालसँग खेल्ने टोलीको घोषणा

अपि टाइम्स

काठमाडौं । नेपालसँगै एकै समूहमा रहेको पाकिस्तानले एसिया कपका लागि १८ सदस्यीय टोलीको घोषणा गरेको छ । बाबर अजामको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा भएको हो ।

यही टोलीले श्रीलंकामा अफगानिस्तानविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । अगष्ट २२ देखि २६ सम्म श्रीलंकामा अफगानिस्तानविरुद्ध १८ सदस्यीय पाकिस्तानी टोलीले प्रतिस्पर्धा गर्नेछ ।

१८ जनाको टोलीमा रहेका साउद सकिललाई भने एसीया कप टोलीमा राखिएको छैन । आयोजक पाकिस्तानले नेपालसँग खेल्दै एसिया कपको सुरुआत गर्नेछ ।

विश्व क्रिकेटका शक्तिशाली दुई राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् ।

सुपर फोरमा हरेक टिमले अर्को टिमसँग खेल्नेछ र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । यस संस्करणको एसिया कप पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुदैछ ।

पाकिस्तानी टोली

बाबर आजम ९कप्तान०, अब्दुल्लाह शफिक, फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, तैयब ताहिर, साउद शकील, मोहम्मद रिजवान, मोहम्मद हारिस, शादाब खान (उपकप्तान), मोहम्मद नवाज, उस्मा मीर, फहीम अशरफ, हारिस राउफ, मोहम्मद वासिम जुनियर, नसीम शाह र शाहीन शाह अफ्रिदी