मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानिमा बैङ्क जितपुरले दुई विद्यार्थी (SEE) लाई १ लाखको छात्रवृत्ति दिँदै (यसरी आवेदन दिने)

सानिमा बैङ्क जितपुरले दुई विद्यार्थी (SEE) लाई १ लाखको छात्रवृत्ति दिँदै (यसरी आवेदन दिने)

अपि टाइम्स

काठमाडौँ । नेपाल सरकारबाट ‘क’ वर्गको मान्यता पाएको सानिमा बैङ्क लिमिटेड जितपुर शाखाले स्थानीय २ जना विद्यार्थीलाई एक लाखसम्मको छात्रवृत्ति दिने भएको छ ।

बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नु पर्ने शीर्षकको रकमबाट ५० हजारका दरले स्थानीय २ जना विद्यार्थीलाई १ लाख रुपैयाँको छात्रवृत्ति दिन लागिएको बैङ्कले जनाएको छ ।

यसको लागि बैङेकले सार्वजनिक सुचना नै जारी गरेको छ । सुचना अनुसार सरकारी विद्यालयबाट २०७९ सालमा एसईई दिएकामध्ये आवेदनका आधारमा गरिब, विपन्न तथा जेहेन्दार ठहरिने विद्यार्थीलाई छात्रवृत्ति दिइने उल्लेख छ ।

यहि भाद्र ३१ गतेसम्म विद्यार्थीले आवेदन फाराम भरेको हुनुपर्ने छ भने आवेदन दिने विद्यार्थीहरु गरिब तथा विपन्न वर्गबाट हुनुपर्ने छ । बैङ्कका शाखा प्रमुख सूर्य प्रसाद खनालले योग्यता पुगेका विद्यार्थीलाई समयमा नै आवेदन भर्न आग्रह गरे । जितपुर शाखाले विगतका बर्षमा पनि यो छात्रवृत्ति दिएको थियो ।

विगत ११ बर्षदेखि उपत्यका बाहिर शाखा रहेका स्थानीयबासीलाई ध्यानमा राखेर यो कार्यक्रम गरिरहेको बैङ्कले छात्रवृत्तिबाट उच्च शिक्षा हासिल गर्न विद्यार्थीलाई सहज हुने विश्वास लिएको छ ।