मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको निष्कर्षः ‘सुन तस्करीको अनुसन्धान सीआईबीबाटै हुनुपर्छ’

कांग्रेसको निष्कर्षः ‘सुन तस्करीको अनुसन्धान सीआईबीबाटै हुनुपर्छ’

अपि टाइम्स

काठमाण्डौ – नेपाली कांग्रेसले सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० बाटै हुनुपर्ने निष्कर्ष निकालेको छ ।

आज सोमवार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन सरकारी निकायबाटै हुनुपर्ने निष्कर्ष निकालेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तारूढ दल नेपाली कांग्रेसकै केही नेताले उच्चस्तरीय समिति बनाउनुपर्ने माग गरिरहेको बेला कांग्रेसले आधिकारिक रूपमै छानबिन समिति गठन आवश्यक नभएको र सीआईबीले नै अनुसन्धान गर्ने जनाएको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै प्रमुख सचेतक रमेश लेखकले तस्करी र भ्रष्टाचारजस्ता विषयको अन्त्य हुने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो । ‘सुन तस्करी प्रकरणमा जो सुकै संलग्न भए पनि कारबाही गर्नुपर्छ । सरकारी निकायले नै छानबिन गरिरहेकाले जोसुकै भए पनि कानुनी अभियोजन गर्नुपर्छ र सीआईबीले नै छानबिन गर्नुपर्छ’, लेखकले भन्नुभयो ।

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सीआईबीलाई नपत्याएर अर्को समिति गठन गर्ने हो भने कसई विश्वास गर्ने भनेर प्रश्न सोध्नुभएको थियो । थापाले भ्रष्टाचारका सबै फाइल खोल्नुपर्ने र जोसुकै व्यक्तिको नाम जोडिए पनि अनुसन्धान हुनुपर्ने बताउनुभएको छ । उहाँले पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गर्नुपर्ने पनि उल्लेख गर्नुभएको छ ।