मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिया कपः यस्तो छ भारत र पाकिस्तानसँग भिड्ने नेपाली टोली

एसिया कपः यस्तो छ भारत र पाकिस्तानसँग भिड्ने नेपाली टोली

अपि टाइम्स

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टीम घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टीम घोषणा गरेको हो ।

टीममा रोहितका अलावा आशिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करन केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल छन् ।

एसिया कपमा नेपालले भदौ १३ गते पाकिस्तान र १८ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।