मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाह ! मेयर साप यस्तो पो निर्णयः खाल्डाखुल्डी देखे मेयर हमाललाई फोन गर्दा तुरुन्तै बन्ने

वाह ! मेयर साप यस्तो पो निर्णयः खाल्डाखुल्डी देखे मेयर हमाललाई फोन गर्दा तुरुन्तै बन्ने

अपि टाइम्स

कैलाली । तपाइँको घर अगाडिको बाटो होस् अथवा अरु कुनै बाटाहरू, खाल्डाखुल्डी परेर हिँडडुल गर्न अफ्ट्यारो भयो । अब चिन्ता लिनु पर्दैन, धनगढी उपमहानगरपालिकामा जानकारी गराएको केही समयमै उक्त बाटाहरू मर्मत हुने छन ।

हो, धनगढी उपमहानगरपालिकाले आफ्ना १९ वटै वडाहरूमा अबदेखि बिग्रेका र खाल्डाखुल्डी परेका बाटाहरू जनगुनासो आउने बित्तिकै मर्मत गर्दै आइरहेको छ ।

यस्तै जनगुनासाहरू समाधान गर्नका लागि संयुक्त विकास राष्ट्र कार्यक्रम ९युएनडिपी० को सहयोगमा धनगढी उपमहानगरपालिकाले जनगुनासो सुन्ने र तुरुन्तै समाधान गर्ने उद्देश्यले ूहाम्रो धनगढी, हामी बनाउँछौू भन्ने मुख्य नारा दिएर हेलो मेयर कार्यक्रम संचालनमा ल्याएको छ ।

हेलो मेयरमा टिपाइएका जनगुनासाहरूलाई उपमहानगरपालिकाले तुरुन्तै कार्यान्वयन गर्नेगरी संयन्त्र तयार पारेको उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए । उनले समस्या आउने बित्तिकै जनशक्ति पठाएर समस्याको बारेमा बुझ्ने र तुरुन्तै गर्न मिल्ने काम हो भनेसोही दिन नै उक्त काम सकिने गरि निर्देशन भएको बताए ।

जनगुनासो टिपाउनका लागि हेलो मेयरको ह्वाट्सप नम्बर, फेसबुक पेज, इस्ट्राग्राम, टुइटरका साथै मेयरको सचिवालयमा समेत जानकारी गराउन सकिने मेयर हमालले बताए ।

धनगढी उपमहनगरपालिका भित्र भइ रहेका बिकास निर्माणका कार्य एवं उपमहानगरपालिकाले दिने सुविधा सम्बन्धी कुनै पनि गुनासो भएमा धनगढी उपमहानगरपालिकाको नमस्ते मेयर जनगुनासो व्यवस्थापन कक्षको ह्वाट्सप नम्बर ९७६२४७९३९२ र सचिवालयको ह्वाट्सप नम्बर ९८५८४८८८९५ मा टिपाउन सकिने मेयर हमालले बताए ।