मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ज्योतिषीय संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

ज्योतिषीय संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

अपि टाइम्स

बुटवल : विश्व ज्यातिष महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा रुपन्देही रक्तसञ्चार केन्द्र बुटवल ब्लड वैंकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका सभापति जनार्दन न्यौपानेले महासंघ ज्योतिषीय संस्था भएपनि यसले विभिन्न सामाजिक कार्य गरिरहेको र यो कार्यक्रम पनि त्यसकै निरन्तरता रहेको कुरा बताए। रक्त अभावले कसैले दुःख पाउनु हुँदैन भन्ने उदेश्य अनुरुप यस संस्थाले वर्षमा २ पटक रक्तदान कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताएका थिए ।

यस्तै रक्तदान कार्यक्रमका संयोजक कमल पौडेलले संस्था स्थापना भएको दुई महिना भित्रैमा एउटा राष्ट्रियस्तरको सम्मेलन र दोस्रो रक्तदान जस्तो पुण्यकर्म गर्न पाउँदा आध्यात्मिक एवं धार्मिक व्यक्तिहरुलाई निकै उर्जा मिलेको छ उनले भने ।

संस्थाले अब निरन्तर रुपमा परिणाममुखी प्रशिक्षणात्मक एवं विभिन्न सामाजिक कार्य गरिरहने कुरा पनि उनले बताए ।