मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुणस्तरमा प्रश्न उठेपछि एक वर्षमा १२१ उद्योगविरुद्ध मुद्दा

गुणस्तरमा प्रश्न उठेपछि एक वर्षमा १२१ उद्योगविरुद्ध मुद्दा

अपि टाइम्स

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक वर्षको अवधिमा कम गुणस्तरका खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा १२१ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७९÷८० मा देशका विभिन्न स्थानमा रहेका यी उद्योगले कम गुणस्तरको तथा दूषित चामल, चामल, पिठो, चाउचाउ, दही, मदिरा, कुखुराका दानालगायतका पदार्थ उत्पादन गरेको पाइएपछि कारबाही गरिएको विभागका प्रवक्ता मोहनकृष्ण मर्हजनले बताए ।

कारबाहीमा पर्नेमा पिउने पानीका २१, दुध तथा दुग्ध पदार्थका १७, खाद्यान्न तथा दलहन र त्यसबाट बनेका परिकार १६, दाना पदार्थका १५, मसलाका ७, चिया÷कफीका ७ र फलफूल तथा सागपातजन्य ७ वटा उत्पादनमा गुणस्तरको प्रश्न उठाउँदै विभागले मुद्दा दायर गरेको हो । त्यस्तै महका ५ र अन्य खाद्य पर्दाथका २१ गरी कुल १२१ उद्योग विरुद्ध मुद्धा दायर गरेको विभागले जनाएको छ ।

मर्हजनका अनुसार गत वर्ष विभागले देशभरबाट ३ हजार ११३ वटा खाद्य वस्तुको नमुना परीक्षणका लागि संकलन गरेको थियो । जसमा खाद्यान्न र दलहनका ९१०, फलफूल र सागपातजन्य ३५१, तेल, घ्युका ३४९ र मसलाका २८३, पिउने पानीका १५५ नमुनाको विश्लेषण गरेको थियो ।

जसमध्ये खाद्यान्नका ४७, पिउने पानीका ४१, फल तथा सागपातजन्य पदार्थका १३, मसलाका ७ र अन्य विभिन्न उत्पादनका १९८ नमुनाको मापदण्ड जपुगेको विभागले जनाएको छ ।