मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरीका १२ अधिकृत एसएसपीमा बढुवा सिफारिस (सूचीेसहित)

सशस्त्र प्रहरीका १२ अधिकृत एसएसपीमा बढुवा सिफारिस (सूचीेसहित)

अपि टाइम्स

काठमाडौँ । सशस्त्र प्रहरीका १२ अधिकृत वरिष्ठ उपरीक्षक ९एसएसपी०मा बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेका र नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०८० स्वीकृत भई थप भएका गरी १२ एसएसपी पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१० को, ख) बमोजिम गृह मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजीत, भरत खनिया, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तीर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।

सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी उपरीक्षकहरुले नियमावलीको नियम ३८ को उपनियम ९३० बमोजिम सात दिनभित्र उजुरी दिनसक्ने व्यवस्था छ ।

बढुवा समितिले कार्यसम्पादन मूल्यांकन, कमान्ड तथा स्टाफ कोर्ष, ज्येष्ठता र व्यावसायिक क्षमता समेतलाई आधार मानेर सिफारिस गरेको जनाएको छ ।