मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विजयनगरका वडाध्यक्ष कँडेलद्धारा तालको ठेक्कामा भ्रष्टाचार, अख्तियारमा मुद्धा

विजयनगरका वडाध्यक्ष कँडेलद्धारा तालको ठेक्कामा भ्रष्टाचार, अख्तियारमा मुद्धा

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुमा एक जना वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । विजयनगर गाउँपालिका ४ का वडाध्यक्ष तिलकराम कँडेलविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ लाख १० हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कँडेलले शंकरपुर तालको ठेक्कामा भ्रष्टाचार गरेको पाइएको आयोगको ठहर छ । उनले ठेक्काको रकम आफ्नै खातामा जम्मा गरेका हुन् ।

वडाध्यक्षले दुई लाख ७० हजार रुपैयाँ विजयनगर गाउँपालिकाको खातामा जम्मा गर्नुपर्नेमा त्यसो नगरेको पाइएको हो । वडाध्यक्षसहित तत्कालीन पत्थरदेईया गाउँ विकास समिति कार्यालयका सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदविरुद्ध पनि विशेष अदालतमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको बताइएको छ ।

कडेलले गत स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्ष जितेका हुन् ।