मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्पेनिस फुटबल संघका अध्यक्षले फरवार्डलाई जब मैदानमै चुम्बन गरे

स्पेनिस फुटबल संघका अध्यक्षले फरवार्डलाई जब मैदानमै चुम्बन गरे

अपि टाइम्स

काठमाडौं । पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको खुसी साट्दै गर्दा फरवार्ड जेनिफर हर्मोसोलाई चुम्बन गरेकोमा स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबियल्सको आलोचना भएको छ ।

आइतबार फाइनलमा इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै विश्वकप जितेपछिको पुरस्कार वितरण समारोहमा रुबियल्सले हर्मोसालाई चुमेका थिए । हर्मोसाले सामाजिक सञ्जाल इन्टाग्राममा ‘मलाई यो मन परेन’ भन्ने अभिव्यक्ति दिएकी थिइन्, लगत्तै पछि पुन उनले रुबियल्सलाई बचाउ गर्ने खालको अभिव्यक्ति दिइन् ।

स्पेनिस फुटबल संघले जारी टिप्पणीमा हर्मोसाले भनेकी छिन्, ‘यो स्नेह जनाउने स्वभाविक संकेत थियो ।’

३१ वर्षीय फरवार्डले भनिन्, ‘यो पूरै पारस्परिक इशारा थियो किनभने हामीले विश्वकप जितेपछि अपार खुसी साटिरहेका थियौं ।’

तर पनि रुबियल्सको आलोचना भइरहेको छ । स्पेनकै मन्त्री आइरिन मोन्टिरोले त्यो चुम्बनलाई महिला हिंसाको स्वरुप भनेकी छिन् । ‘यो महिला हिंसाको एक स्वरुप हो जुन महिलाहरु दैनिक जिवनमा झेल्छन्’, उनले भनेकी छिन् ।

मन्त्री मोन्टिरोले भनिन्, ‘हामीले यो पहिला देखेका थिएनौं । हामी यसलाई सामान्यीकरण गर्न सक्दैनौं ।’

सामाजिक सञ्जालमा अध्यक्ष रुबियल्सको विरुद्धमा ट्रेन्ड चलिरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताले उनको राजीनामा पनि मागेका छन् ।

रुबियल्सले भने स्पेनिस मिडिया कोपमा भने, ‘यो एउटा चुम्बन थियो । किनभने हामी केही कुराको खुसी मनाइरहेका थियौं ।’

उनले जसले अनर्थ लगाए उनीहरु मुर्ख हुन् भन्ने टिप्पणी पनि गरेका छन् । ‘जसले यसलाई अर्को तरिकाले बुझ्यो उनीहरु मुर्ख हुन्’, उनले भने, ‘उनीहरुलाई वास्ता नगरौं, राम्रो कुराको खुसी मनाऔं ।’

स्पेनिस समाचार पत्र एल पेसले लेखेको छ, ‘रुबियल्सको चुम्बन न जेनीलाई मन पर्‍यो न त हामीलाई ।’

प्रशिक्षक जर्ज भिल्डाको प्रशिक्षणमाथि खेलाडीले प्रश्न उठाएको विवादबीच स्पेनले विश्वकप जितेको छ ।

१५ खेलाडीले सेप्टेम्बर २०२२ मा लिखित रुपमा नै ‘जबसम्म हाम्रो भावनात्मक स्थिति र स्वास्थ्य स्थितिको समाधान गरिँदैन तब सम्म हामी खेल्दैनौं भनेर लेखेका थिए ।’ तर त्यसयता पनि स्पेनिस फुटबल संघले भाल्डालाई समर्थन गरिरहेको छ । एजेन्सी ।