मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा पनि माओवादी रुपान्तरण अभियान सुरु

कपिलवस्तुमा पनि माओवादी रुपान्तरण अभियान सुरु

अपि टाइम्स

कपिलवस्तु । जनता संग माओवादी विशेष रुपान्तरण अभियानका लागि माओवादी केन्द्र जिल्ला समन्वय समिति कपिलवस्तुको भेला सम्पन्न भएको छ । केन्द्रको र्सकुलर अनुसार घर घरमा माओवादी जन जनमा माओवादी भन्ने नाराका साथ भेला तथा वैठक गरिएको हो ।

माओवादी विशेष रुपान्तरण अभियानका लागि पुर्व तयारी वैठकलाई संम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा कपिलवस्तु जिल्ला ईन्चार्ज महेश्वर गहतराज ९अथक०ले माओवादीको त्यो पुरानो संकल्पलाई जनतामाझ पुर्‍याउने उदेश्यका साथ विशेष रुपान्तरण अभियानका गर्न लागिएको बताए । उनले पार्टीलाई गतिशिल तथा चलायमान गराउन सबै नेता, नेतृत्वले अभियान अन्तर्गत वडा, वडा बाट माओवादी विशेष रुपान्तरणका कार्यहरु थालनि भएको बताए ।

अथकले भने “माओवादी पार्टी आफ्नै कारणले अलि डगमगाएको अवस्थामा अभियानले थप मजवुत भएर आउने कुरामा विश्वस्त छु ।” समाजमा सामाजिक सद्भाव कायम गर्न माओवादीको ठुलो योगदान रहेको उनले बताए । अथकले माओवादि कमजोर भएमा संघियता कमजोर हुने, गणतन्त्र कमजोर हुने, समावेसि समानुपातिक प्रतिनिधीत्व कमजोर हुने जिकिर गरे ।

त्यस्तै लुम्बिनी प्रदेश समिति अध्यक्ष सुर्दशन वरालले जनयुद्धको प्रक्रिया सुरु भईसके पछिको माओवादीको आधार स्तम्भ कपिलवस्तु भएकाले यहाँका हरेक संघ संगठनमा माओवादी मजवुत हुनुपर्ने बताए । उनले कपिलवस्तुको ऐतिहासिक विरासतलाई हेर्दै जिल्लामा फेरि माओवादीलाई पुनःस्थापीत गनुपर्नेमा जोड दिए । उनले भने विरासत कायम गर्न कपिलवस्तुमा सम्भव छ, सबै नेता कार्यकर्ताहरु केन्द्रको संकुलर अनुसार घर घरमा माओवादी जन जनमा माओवादी विशेष रुपान्तरण अभियानमा तदारुकताका साथ लाग्न आग्रह गरे ।

कपिलवस्तु नगरपालिकाको शभाहलमा समपन्न कार्यक्रममा नेता भिमकुमारी बुढा मगर, जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक विष्णु बेल्वासे लगाएतले बोल्दै पार्टीको अभियानमा आफुहरुले कुनै कसुर बाँकी नराखि कुरामा भन्दा काममा लागि पर्ने बताए ।

कार्यक्रममा कपिवस्तुका १० वटै पालिकाका ईन्चार्जहरुले आ–आफ्नो पालिकाको अवस्थाको रिर्पोटिङ्ग गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य, जिल्ला नेता तथा कार्यकर्ता, नगर ईन्चार्ज तथा नगर समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।