मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवदहको प्रमुख प्रशासकीय अधिकृतमा सापकोटालाई स्वागत

देवदहको प्रमुख प्रशासकीय अधिकृतमा सापकोटालाई स्वागत

अपि टाइम्स

देवदह । देवदह नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई फेरी भेटौला तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले सोमबार एक कार्यक्रमको अयोजना गरी कृष्ण प्रसाद सापकोटालाई स्वागत गरेको छ भने प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेललाई सम्मान सहित विदाई गरेको छ।

स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनताका काम कानुनसम्मत हिसाबले सम्पादन हुनुपर्ने बताएका छन्। जनप्रतिनिधि र कर्मचारी राज्य संचालनको मूख्य अंग भएकोले समन्वय र सहकार्य गरेर चुस्त दुरुस्त र कानुनसम्मत हिसाबले कार्य सम्पादन गर्न आफु तयार रहेको बताए।

कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलको काम गर्ने शैलीको प्रशंसा गर्दै आगामी दिनमा थप उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो। नगर प्रमुख खरेलले समृद्द देवदह बनाउने अभियानमा देवदह नगरपालिका लागेको भन्दै देवदहको विकास र समृद्दीका लागि सहयोगी भूमिका रहने विश्वास व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे।

स्वागत तथा फेरी भेटौला कार्यक्रम देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता उपप्रमुख विद्या लक्ष्मी गुरुङको स्वागत, शाखा अधिकृत रमेश गिरिको संचालन र जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थितिमा भएको थियो।