मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली क्रिकेट टिम आज पाकिस्तान प्रस्थान, सन्दीप गएनन्

नेपाली क्रिकेट टिम आज पाकिस्तान प्रस्थान, सन्दीप गएनन्

अपि टाइम्स

काठमाडौँ । भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ । नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको हो । सन्दीप लामिछाने भने यो टोलीका साथमा पाकिस्तान गएका छैनन् ।

नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ । पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् ।

त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ ।

मोन्टी देशाइले यो प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताएका छन् । यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग उत्कृष्ट खेल खेल्ने बताए ।

त्यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने टोलीलाई शुभकामना व्यक्त गरेका थिए ।