मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धादिङ बस दुर्घटनाः ज्यान गुमाएका ८ मध्ये ६ जनाको परिचय खुल्यो

धादिङ बस दुर्घटनाः ज्यान गुमाएका ८ मध्ये ६ जनाको परिचय खुल्यो

अपि टाइम्स

काठमाण्डौ । काठमाण्डौबाट म्याग्दीको बेनीका लागि छुटेको बस धादिङको गजुरी नजिकै त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका आठमध्ये छ जनाको परिचय खुलेको छ ।

दुर्घटनामा पर्वतको जलजला गाउँपालिका–६ की राधिका सापकोटा र मोदी गाउँपालिका–५ का झ्यापटबहादुर क्षेत्रीको ज्यान गएको छ । यस्तै म्याग्दीको रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी–८ का २० वर्षीय सुशील रम्तेल र कास्कीको फुलबारी–११ का २४ वर्षीय सुमन थापाको पनि ज्यान गएको छ ।

दुई जना महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै ज्यान गएको थियो । अब मृतक दुई जना पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा १६ जना घाइते भएकामा १३ जनाको काठमाण्डौमा उपचार भइरहेको छ ।

आज बुधवार काठमाण्डौबाट छुट्दा बसमा २३ जना रहेको विवरण भए पनि दुर्घटना हुँदा कति जना थिए भन्ने अझै खुलेको छैन ।