मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद् बन्द किन गरियो, यसको पनि छानबिन हुनुपर्छः केसी

संसद् बन्द किन गरियो, यसको पनि छानबिन हुनुपर्छः केसी

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद् बन्द गरिएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले नेपाली जनता संकटमा रहेको समयमा एकरएक महिनासम्म संसद् बन्द गरिएको भन्दै त्यस विषयमा छानबिन हुनुपर्ने माग गरे ।

ुदेश भयकंर संकटमा रहेको, नेपाली जनताले कष्ट भोगिरहेको समयमा महिनौ दिनसम्म संसद् गरेकोमा खोल्ने साथीहरुलाई बधाई दिन लागिरहेका छौं,ु केसीले भने,ुकसले बन्द गर्न लाग्यो, कसले बन्द गर्‍यो ? त्यसकारण यसको गम्भीर छानबिन हुनुपर्छ ।

केसीले नक्कली शरणार्थी प्रकरण, ललिता निवास र सुनकाण्डहरुका सांसद र सरकारमा रहेकाहरु संलग्न रहेको बताए ।

ुनेपालीलाई नक्कली शरणार्थी बनाएर बेच्ने, ललिता निवासको जग्गा बिक्री गर्नेहरु र भन्सारलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारको अखडा बनाउनेहरु यही संसद्मा‌ बस्ने, खेल्ने र सत्ता चलाउनेसँग सम्बन्धित छैनौं र ? उनले भने, ुहामीले कसलाई भनिरहेका छौं ?