मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोरी भएर गर्नु छ !

छोरी भएर गर्नु छ !

अपि टाइम्स


कविता

के को घमण्ड गर्छौ तिमी ?
आखिर बन्ने नै हो
अन्त्यमा हामी लास
असफलताले घेरेको मलाई
डर लाग्छ कसरी पुरा गरुला ?
मेरा बाबाआमाको आस
आफ्ना भन्नेसॅग डर लाग्छ मलाई
दुख देखाउन कोसॅग जानु
पुछिदिने को छ र यहॅा ?
झर्छ आँखॅाबाट बर्बरी आसॅु

छोरी भइछ भन्ने समाजमा
छोरी होस त यस्तोको उदाहरण बन्नु छ
छोराले गर्न नसकेको काम मलाई
छोरी भएर गर्नु छ

छोरी मान्छेको
त्याग र तपस्यालाई भेट्न
केहिले सकेको छैन आजसम्म
छोरा भएर जन्म लिन पाउॅ भन्ने
वरदान माग्दिन म
लिन पाऔँ सधै
साहसिली छोरीकै जन्म

✏️एलिशा न्यौपाने

वाणगंगा नगरपालिका, वडा नम्बर २ राजपुर कपिलवस्तु ।