मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ कपिलवस्तुमा दुई जना अध्यक्ष, पौडेल भन्छन् ‘पोख्रेललाई स्विकार्दैनँ’

नेविसंघ कपिलवस्तुमा दुई जना अध्यक्ष, पौडेल भन्छन् ‘पोख्रेललाई स्विकार्दैनँ’

अपि टाइम्स

काठमाडौँ । नेपाल विद्यार्थी संघ कपिलवस्तुमा विवाद देखिएको छ । केन्द्रिय कार्यसमितिले भर्खरै चन्द्रकान्त पोख्रेललाई अध्यक्षको जिम्मा दिएपछि विवाद रहेको कुरा बाहिर आएको हो ।

युवा नेताको छवि बनाएका पोख्रेललाई ३ महिनाभित्र अधिवेशन गर्ने गरी जिम्मेवारी दिइएको छ । तर यो विधान विपरित रहेको कार्यवाहक अध्यक्ष माधव पौडेलले बताएका छन् ।

आफू कार्यवाह रहेको अवस्थामा पोख्रेललाई अध्यक्ष बनाएर केन्द्रिय कार्यसमितिले राजनीति गरेको भन्दै उनले आपत्ति पनि जनाए ।

कार्यवाहक अध्यक्ष पौडेलले आफू कार्यवाहक रहेको मितिमै पोख्रेललाई अध्यक्षको जिम्मेवारी दिएर केन्द्रिय कार्यसमितिले लोक हँसाउने काम गरेको अपिटाइम्सलाई जानकारी दिए ।

पोख्रेललाई अध्यक्षको जिम्मेवारी दिएको पत्रको मिति २०८०। ३ । २५ रहेको छ । पौडेल भन्छन् ‘उक्त मितिमा म नै कार्यवाहक अध्यक्ष थिएँ । मेरो कार्यकाल अझै बाँकी छ । यस्तो गैर जिम्मेवार काम गरेर केन्द्रिय कार्यसमितिले ममाथि राजनीति गरेको छ । यो राजनीति गर्नुमा जिल्लास्थित पार्टी पङ्ति र केहि गुटका मान्छे रहेका छन् ।’

पौडेलले आफूलाई २०७९ माघ २० गते कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिए । निर्वाचित जिल्ला सभापति राकेश पाण्डेले आफूलाई अध्यक्षको जिम्मेवारी तोकेको सबैलाई अवगत रहेको उनले बताए ।

जिल्लाको कार्यवाहक अध्यक्ष रहेको अवस्थामा केन्द्रिय समितिमा सिफ्ट गरेर आफूलाई हटाउने खेल सुरु भएको पनि उनले बताए । यो थाहा पाएपछि नवगठित नेविसंघको केन्द्रिय सदस्यबाट आफूले राजिनामा दिएको पौडेलले बताए ।

पौडेलले अहिले अध्यक्षको जिम्मेवारी पाएका पोख्रेलको उमेर हद ३२ बर्ष कटिसकेको पनि बताए । पोख्रेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघको विधान विपरित एकाएक नियोजित तरिकाले बत्तिस बर्ष उमेर हद नाग्नुभएका चन्द्रकान्त पोख्रेल ज्यूले जिल्ला अध्यक्ष भएको भ्रमात्मक समाचार संचार माध्यमबाट थाहा पाएकोप्रति मेरो गम्भिर ध्यानाकर्षण छ ।’

३ महिनाभित्र आफूले जिल्ला अधिवेशन गर्ने जिम्मेवारी पाएको अवस्थामा उक्त कार्य गर्न नदिई आफूमाथि राजनीति गरिएको पौडेलको दावी छ । संघको अधिवेशन सम्पन्न नगर्दासम्म आफूले पोख्रेललाई कुनै पनि हालतमा अध्यक्ष स्विकार गर्न नसक्ने पौडेल बताउँछन् । यो विषय केन्द्रलाई पनि जानकारी गराइसकेको पौडेलले अपिटाइम्सलाई बताए । यता पोख्रेलले केन्द्रले अधयक्षको जिम्मेवारी दिएपछि आफू नै आधिकारिक अधयक्ष भएको दावी गरेका छन् । उनले भने माधव कार्यवाहक हुनहुन्थ्यो अहिलेसम्म अब केन्द्रले मलाई तोकेको छ । आधिकारिक को भन्नेमा विवाद छैन । कोही दोधारमा नपरे हुन्छ । सामाजिक संजालमा पनि यो विषयले प्रवेश पाएको छ ।

हेर्नुहोस् पौडेलको विज्ञप्ति