मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देवदहमा कामधेनु गौशाला, गोबर र गहुँत आम्दानीको स्रोत, वाणगंगामा हुनै नसक्ने हो ?

देवदहमा कामधेनु गौशाला, गोबर र गहुँत आम्दानीको स्रोत, वाणगंगामा हुनै नसक्ने हो ?

अपि टाइम्स

काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिकाको उदाहरणीय काममध्ये पर्दछ गौशाला । यसलाई नगरले एउटा आकर्षणको रुपमा लिएको छ । कामधेनु गौशालामा छाडा चौपायाको व्यवस्थापन हुन्छ ।

गौशालामा छाडा चौपायाको व्यवस्थापन मात्र हुँदैन गोबर र गहुँतलाई आम्दानीको स्रोत बनाइएको छ । मुलुकका धेरै राजमार्ग आसपासका पालिकामा छाडा पशु चौपायको विगविगी छ । धेरै पालिका यी चौपायलाई लामोसमय बयवस्थापन गर्न सकिरहेका देखिन्नन् । रुपन्देहीको छिमेकी जिल्ला कपिलवस्तुको वाणगंगा लगायतका १० पालिकामै ब्यवस्थित गौशाला नबन्दा त्यहाँका किसानले समस्या भोगिरहेका छन् ।

तर यस्ता राजमार्गमा रहेर पनि देवदहले भने समयमै यस विषयमा ध्यान दिँदा छाडा पशुचौपायको समस्याबाट किसानलाई जोगाएका छन् । गौशालाकै कारण खेतीपाती नोक्सान हुने रोगबाट देवदहका किसान जोगिएका छन् । भर्खर मात्र देवदहमा आएका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा भन्छन् ‘नगरको राम्रो काम अन्तर्गत गौशाला पनि आउँछ । यसलाई अझै राम्रो बनाउनुपर्नेछ । सापकोटाले देवदह जानेवित्तिकै गौशालाको अवलोकन पनि गरिसकेका छन् ।’ आगामी दिनमा सो गौशालाई बहुआयामिक योजनाको रुपमा विकास गर्ने गरी अघि बढ्ने उनले अपिटाइम्सलाई बताए ।

यता कपिलवस्तुको वाणगंगा नगरपालिकाको नेतृत्व भने यस्तो कार्यमा असफल देखिएको छ । नामको रुपमा देखाउन वडा नम्बर ८ मा गौशाला त बनाएको छ नगरले तर त्यो उपयोगी भने छैन । छाडा पशु चौपायको मलमुत्रलाई आम्दानीको श्रोत बनाउने कुरा त परैको कुरा हो त्यहाँ राखिएका गाईगोरुको पनि उचित रेखदेख गर्न सकेको छैन ।

छाडा पशुचौपायको कारण लगाएको खेतीपाती नष्ट हुने समस्याले त्यहाँका किसान आजित छन् । पटकपटक यो कुरा उठाए पनि नगरले नसुनेको किसानहरु बताउँछन् । वाणगंगामै प्रशासकीय अधिकृत भइसकेका सापकोटाले त्यहाँ पनि यस्तै योजनाको जरुरी रहेको सुनाउँछन् । उनी भन्छन् ‘म रहँदा पनि गौशाला नभएको, छाडा पशु चौपायले दुख दिने गरेको समस्या लिएर किसान आउँथे । तर धेरै समय बस्न सकिएन । वाणगंगामा बयवस्थित गौशाला बन्दा किसानले आनन्द पाउँछन् । बर्षेनी खेतीपातीमा नोक्सानी बयहोर्नु पर्ने थिएन नगरले ।’