मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठग बहादुरविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

ठग बहादुरविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

अपि टाइम्स

काठमाडौँ । सेवाग्रहीबाट सुन समातेर पैसा र चेक लिएपछि मात्रै फिर्ता दिन खोज्ने तत्कालीन इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठकबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले केसीलाई कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएको थियो । रुपन्देहीस्थित बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिएर गएका डिएसपी केसीले फिर्ता गरेका थिएनन् प्रहरी प्रधान कार्यालयको प्रतिवेदन र उजुरीका आधारमा आयोगले डिएसपीमाथि थप छानबिन गरेको थियो । केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका –५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन समातेर फिर्ता दिएका थिएनन् ।

१५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैले सुन राखी फिर्ता नदिएर उनले सेवाग्रहीसँग १८ लाख मागेका थिए । सुन धनीले आठ लाख ५० हजार रुपैयाँ नगद र नौ लाख ५० हजार बराबरको चेक डिएसपी केसीलाई दिएका थिए ।

पैसा र चेक लिएपछि केसीले अन्य व्यक्तिमार्फत सुन जिम्मा लगाएको आयोगको छानबिनबाट देखिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार डिएसपी केसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।