मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ महानगरको बेरुजु ४ अर्ब रुपैयाँभन्दा बढी

काठमाडौँ महानगरको बेरुजु ४ अर्ब रुपैयाँभन्दा बढी

अपि टाइम्स

काठमाडौं । काठमाडौं महानगरपालिकाको बेरुजु ४ अर्ब रुपैयाँ देखिएको छ। काठमाडौं महानगरपालिका, लेखा समितिको २०७३र७४ देखि आव ०७८ र ७९ सम्मको अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार ४ अर्ब ६ करोड ४२ लाख ८ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

लेखा समितिको प्रतिवेदनले करार ठेक्का मार्फत उठाउनुपर्ने आन्तरिक आयतर्फ विभिन्न ९ वटा आयोजनाबाट सम्पत्ति कर, सटर तथा भाडा बाँकी, भवनहरुको नक्सापास अनुसारको दस्तुर, सम्झौताअनुसारको रकम असुल गर्नुपर्ने बेरुजु देखाएको छ। यो बेरुजु ५९ करोड ८७ लाख ६६ हजार ६४९ रुपैयाँ छ।

त्यस्तै, ल्होत्से बहुउद्देश्यीय प्रालिको सम्झौता बमोजिम असुल गर्नु पर्ने १० करोड ९६ लाख ९१ हजार १४८ रुपैयाँ, सम्पत्ति कर ७ करोड ७१ लाख २७ हजार १६६ रुपैयाँ, नक्सा पास गर्दा असुल नभएको २ करोड ७७ लाख ७५ हजार ७२५ रुपैयाँ पनि असुल गर्नुपर्ने बेरुजु हो। त्यस्तै, इनोभेटिभ कन्सेप्ट प्रालिबाट आकाशे पुल सञ्चालन बापत ४ करोड ८९ लाख ८६ हजार ९९९ रुपैयाँ असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं भ्यू टावरको ७ करोड ५२ लाख ९४ हजार ६६६ रुपैयाँ, आम्दानी करारहरुबाट ४ करोड ४२ लाख ३० हजार २२० रुपैयाँ, सिटी मार्केटबाट ७ करोड ७ लाख ३६ हजार रुपैयाँ, वीर अस्पताल अगाडिको शौचालयबाट ८६ लाख २६ हजार ६६१ रुपैयाँ पनि असुली गर्न बाँकी छ।

महानगरको बेरुजु फर्छ्यौट गर्न समितिले विभाग र वडाहरुलाई निर्देशन दिएको छ ।