मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिला टीट्वान्टीः नेपालले १७ बलमै बहराइनलाई १० विकेटले हराएपछि

महिला टीट्वान्टीः नेपालले १७ बलमै बहराइनलाई १० विकेटले हराएपछि

अपि टाइम्स

काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टीट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ ।

मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो ।

बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

नेपालको जितमा ओपनर कबिता कुवरले १४ बलमा १८ रन बनाईन् । अर्का ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाईन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो ।

बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट लिईन् । पूजा महतो, रुबिना क्षेत्री र कबिता कुँवरले समान १र१ विकेट लिईन् ।

नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ ।

नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ ।

प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी(ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।