मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिल्म ‘ह्यासट्याग माया’को शुभसाइत, नम्रता र सारुकको जोडी

फिल्म ‘ह्यासट्याग माया’को शुभसाइत, नम्रता र सारुकको जोडी

अपि टाइम्स

काठमाडौँ । नायिफिल्म ‘ह्यासट्याग माया’को आज शुभसाइतका नम्रता श्रेष्ठ र नायक सारुक ताम्राकारको मुख्य भूमिका रहने गरिएको छ । कार्यविनायक मन्दिरमा राजीव गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको शुभसाइत गरिएको हो । यो फिल्ममा नम्रता र सारुकका अलवा रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

निर्माण समूहले शुक्रबार विहान पूजा गर्दै फिल्मको छायांकन आउँदो साताबाट सुरु हुने बताएको छ । यो फिल्मकमो छायांकन काठमाडौंबाट सुरु भएर पोखरा, बर्दिया हुँदै धरानमा पुगेर सकिनेछ । ४५ दिनको सेड्यूलमा फिल्मको छायांकन गरिने निर्माणपक्षले बताएको छ । थ्रिलर विधामा निर्माण हुने फिल्ममा प्रेमकथा पनि देख्न पाइनेछ’, निर्देशक गुरुङले भने ।

शर्मिला थापाको निर्माण रहने फिल्मको कथा मायामै केन्द्रित रहनेछ । नायिका नम्रता श्रेष्ठ यो फिल्ममा शिर्ष भूमिकामा देखिनेछिन् । उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षण समेत लिएकी थिइन् । ‘निर्माण समूहको मिहिनेत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ । फिल्मलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ’, नायिका श्रेष्ठले भनिन् ।

फिल्ममा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ । यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन् ।