काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले वर्तमान सरकारलाई चोर सरकारको संज्ञा दिएका छन् । उनले आफ्नो महानगरको गाडीलाई सरकारले रोक लगाएकोप्रति आपत्ति जनाउँदै अबदेखि यस्तो भए सिंहदरबारमा आगो लगाउने धम्की दिए । शनिबार राति सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्
‘आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।’
प्रतिक्रिया