मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक घण्टा साइकल नचलाइकन मलाई चित्त नै बुझ्दैनः हरिवंश आचार्य

एक घण्टा साइकल नचलाइकन मलाई चित्त नै बुझ्दैनः हरिवंश आचार्य

अपि टाइम्स

काठमाण्डौ । वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साइकल यात्री र ह्विलचियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन् ।

काठमाण्डौमा आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्यले शहरको नीति निर्माणमा साइकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताउएका हुन् ।

उनले काठमाण्डौका सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताए । आचार्यले स्वच्छ वायुका लागि पनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

उनले मानव स्वास्थ्यका लागि पनि साइकल यात्रा उपयुक्त हुने बताए । साइकलले प्रदुषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने भएकाले साइकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने उनको भनाई छ ।

आचार्यले भने, ‘पहिलो सवारी साधन काठको बनाएको थियो रे । नेपालमा पनि साइकललाई सात लाख रुपैयाँसम्म पर्दोरहेछ । मानव निर्मित पहिलो सवारी साधन भएकाले यसलाई जति सम्मान गर्नुपर्ने हो, सुरक्षित तरिकाले संसारकै सुरक्षित सवारी साधनको प्रतिक भनेर मान्नुपर्ने हो त्यसको पालना गर्न सकेका छैनौँ । तर, म हरेक दिन एक घण्टा साइकल चलाउँछु । एक घण्टा साइकल नचलाइकन मलाई चित्त नै बुझ्दैन ।