मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतविरुद्ध नेपालको उच्च प्रदर्शन, दियो २३१ रनको लक्ष्य

भारतविरुद्ध नेपालको उच्च प्रदर्शन, दियो २३१ रनको लक्ष्य

अपि टाइम्स

काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध सम्मानजनक प्रदर्शन गरेको छ।

सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो।

१० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो। पहिलो खेलमा पाकिस्तानविरुद्ध १ सय ४ रनमै अलआउट भएको नेपालले भारतविरुद्ध भने सम्हालिएर प्रदर्शन गरिरहेको छ।

नेपालका दुवै ओपनरले उत्कृष्ट सुरुवात गरेपछि नेपाल सम्मानजनक स्कोरतर्फ अघि बढेको हो।

कुशल भुर्तेलले ३८ र आशिफ शेखले ५८ रन बनाए। तर त्यसपछि आएका भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल सस्तैमा आउट हुँदा नेपाल दबाबमा पर्‍यो।

भीम ७, रोहित ५ र कुशल २ रनमै आउट भए। तर, पछिल्लो क्रममा ब्याटरले पुनः नेपाललाई सम्हाले। गुलशन झाले २३ र दीपेन्द्रसिह ऐरी २९ रन बनाएर आउट भए।

भारतका लागि रविन र जडेजाले १० बलमा ४० रन खर्चिंदै ३ विकेट लिए। महम्मद सिराज २ तथा हार्दिक पाण्ड्या र सर्दुल ठाकुरले समान १र१ विकेट लिए।