मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति

एकीकृत समाजवादीले बनायो एमसीसी अनुगमन समिति

अपि टाइम्स

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसीको अनुगमनका लागि समिति बनाएको छ। पार्टीको सोमबार बसेको सचिवालय बैठकले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो।

समितिको अन्य सदस्यमा गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ रहनेछन्।

खतिवडाका अनुसार विषय विज्ञ भने तय भइसकेको छैन।