मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि अरु नेताभन्दा खेलप्रति उदार, समर्थक बनेरै श्रीलङ्काबाट खेलाडीलाई हौसला

रवि अरु नेताभन्दा खेलप्रति उदार, समर्थक बनेरै श्रीलङ्काबाट खेलाडीलाई हौसला

अपि टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने एसिया कप क्रिकेटमा नेपाली खेलाडीलाई हौसला बढाउन श्रीलंकामा पुगेका छन् । एसिया कप क्रिकेटको समूह चरणको दोस्रो खेलमा भारतविरुद्ध नेपाल उत्रदै गर्दा समर्थकको रुपमा रास्वपाका अध्यक्ष लामिछाने मैदान पुगेर खेलाडीलाई हौसला बढाएका हुन् ।

नेपाली खेल क्षेत्र र खेलाडीलाई प्रोत्साहन गर्ने सवालमा नेपालका राजनीतिक दल र तिनका शीर्ष नेता अनुदार छन् । सोही शिलशिलामा संसदको चौथो ठुलो राष्ट्रिय दल रास्वपाका अध्यक्ष श्रीलंका पुगेर खेलाडीलाई हौसला बढाएका छन् ।

उनले सोमबार बिहान खेलाडीलाई सामुहिक रुपमा भेटर भारतविरुद्ध राम्रो प्रर्दशनका लागि शुभकामना दिएका थिए । खेल दौरानको समय उनी मैदानमै पुगेर खेलाडीको प्रर्दशनमा हौसला प्रदान गरिरहेका देखिन्थे ।

सिमित स्रोत साधन र लगानीका बाबजुत नेपालको क्रिकेटको एसिया कप खेलिरहेको छ । नेपालले विश्व क्रिकेटका महारथी टिम भारत, पाकिस्तानविरुद्ध शानदार प्रर्दशन गरेको छ । विश्व क्रिकेटमा उदाउँदै गरेको नेपाली टिमको प्रर्दशनलाई विश्वभरबाट प्रशंसा भैरहेको छ ।

पछिल्लो समय नेपालको राजनीतिमा वैकल्पिक शक्तिको रुपमा उदाएको नयाँ पाटी रास्वपा खेलकुद र खेलाडीको सवालमा संवेदनशील देखिएको छ । प्रतिपक्ष दलको रुपमा रहेको रास्वपाका सांसदले खेलाडीको सवालमा संसदमा समय–समयमा आवाज उठाउने गरेका छन् ।