मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको लुम्बिनी प्रदेश सचिवमा आचार्य निर्विरोध, अरु पदमा चुनाव

एमालेको लुम्बिनी प्रदेश सचिवमा आचार्य निर्विरोध, अरु पदमा चुनाव

अपि टाइम्स

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य यसअघि पनि प्रदेश कमिटी सचिव थिए ।

सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीले बताए ।

आर्चायले प्यानलगत नभई व्यक्तिगत हिसाबले उम्मेदवारी दिएको बताए । एमालेको लुम्बिनी प्रदेश कमिटीका लागि अरु पदमा भने चुनाव हुने भएको छ ।

५ पदाधिकारीमा १४ र २ सय सदस्यमा ३ सय ६४ जनाको उम्मेदवारी परेको थियो । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरिप्रसाद रिजाल उम्मेदवार छन् ।

रिजालको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन समितिमा उजुरी परे पनि उनको उम्मेदवारी कायम हुने भएको छ ।