मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले लुम्बिनीका १२ मध्ये ८ जिल्लामा निर्विरोध, कपिलवस्तुबाट अधिकारी र थापा

एमाले लुम्बिनीका १२ मध्ये ८ जिल्लामा निर्विरोध, कपिलवस्तुबाट अधिकारी र थापा

अपि टाइम्स

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनबाट पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरू निर्विरोध निर्वाचित हुँदैछन् ।

यसअघि प्रदेश कमिटीको पदाधिकारीतर्फ सचिवमा गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् ।

भूगोलतर्फ आवश्यक मात्रै उम्मेदवारी परेपछि अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु, बर्दिया, प्युठान, रोल्पा र रुकूम पूर्वबाट सदस्यहरु निर्विरोध निर्वाचित हुँदैछन् । कपिलवस्तुबाट नेत्र अधिकारी र गोपाल थापा परेका हुन् ।

अर्घाखाँचीबाट ११, पाल्पाबाट १४, नवलपरासी पश्चिमबाट १४, कपिलवस्तुबाट २१, बर्दिया १४, प्युठानबाट १०, रोल्पाबाट ७ र रुकूम पूर्वबाट ६ जनाको मात्रै उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए ।

लुम्बिनीका १२ जिल्लामध्ये भूगोलतर्फ अब ४ जिल्लामा नेतृत्व चयन गर्न मतदान हुनेछ । पदाधिकारी ५ मध्ये सचिवबाहेक ४ वटामा निर्वाचन हुनेछ ।

निर्वाचन कमिटीले अहिले साँझ ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने सूचना टाँसेको भए पनि मतदान प्रक्रिया सुरु गर्दा राति १० बज्नसक्ने जनाएको छ । अधिवेशनले २ सय ५ सदस्यीय कमिटी चयन गर्नेछ ।