मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेका हरि रिजालः केन्द्रीय सदस्य पनि गुमाए, चुनाव पनि हारे

एमालेका हरि रिजालः केन्द्रीय सदस्य पनि गुमाए, चुनाव पनि हारे

अपि टाइम्स

काठमाडौँ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्ष पदमा पराजित भएका हरि रिजालको केन्द्रीय सदस्य पनि गुमेको छ।

एमालेको विधान अनुसार कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार भएमा स्वतः पद रिक्त हुन्छ।

त्यहीअनुसार केन्द्रीय कमिटी सदस्य रहेका रिजाल प्रदेश अध्यक्षको उम्मेदवार भएकाले उनको पद रिक्त रहेको हो।

विधानको धारा ६७ को ९४० मा यो व्यवस्था छ।

‘कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद रिक्त भएको मानिने छ,’ विधानको धारा ६७ ९४० मा उल्लेख छ।

पदेन सदस्यको लागि यो व्यवस्था लागू नहुने विधानमा उल्लेख छ। भदौ १४ गते बसेको संगठन विभागको बैठकमा रिजालको केन्द्रीय सदस्य रिक्त हुने विषय उठेको थियो। त्यतिबेला महासचिव शंकर पोखरेलले रिजाल प्रतिनिधि मात्रै चुनिएको, उम्मेदवार बनेपछि रिक्त हुने बताएका थिए।

मंगलबार भएको लुम्बिनी प्रदेशको अधिवेशनमा रिजाल २ मतले अध्यक्षमा पराजित भएका थिए। उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेलको समर्थन थियो।

प्रदेश अध्यक्षमा उपाध्यक्ष विष्णु पौडेल पक्षका राधाकृष्ण कँडेल ४७९ मत ल्याएर प्रदेश अध्यक्ष निर्वाचित भएका थिए। प्रतिस्पर्धी रिजालको ४ सय ७७ मत ल्यायो। एमालेमा प्रदेश अध्यक्ष पदेन पोलिटब्युरो सदस्य हुने व्यवस्था छ।