मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय निजामति सेवा विधेयक केहि दिनभित्र संसदमा दर्ता हुन्छः प्रधानमन्त्री प्रचण्ड

संघीय निजामति सेवा विधेयक केहि दिनभित्र संसदमा दर्ता हुन्छः प्रधानमन्त्री प्रचण्ड

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक छिट्टै संसदमा दर्ता हुने बताएका छन्।

निजामति सेवा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले संघीय शासन प्रणाली कार्यान्वयनको अत्यन्त महत्त्वपूर्ण औजारका रूपमा रहेकाले विधेयक चाँडै ल्याउने बताएका हुन्।

‘संघीय निजामती सेवा ऐन यथाशक्य जारो होस् भन्ने सबैको भावना छ। यसै भावना र मर्मलाई आत्मसात गर्दै सरकारले संघीय निजामती सेवा विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरी केही दिनभित्र संसद्‌मा दर्ता गर्ने तयारी गरिरहेको छ ,’ प्रधानमन्त्री प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ।

उनले निजामती कर्मचारीहरू आफ्नो कार्यशैलोबाट सुशासनको प्रत्याभूति दिलाउने क्रममा जति क्षमतावान् छन् त्यति नै विश्वसनीयता कायम गर्दै राष्ट्रको सेवा गर्न सके मात्र राष्ट्रिय समृद्धिको सपना पूरा हुने बताए।

त्यसकारण संघीय शासन व्यवस्था अनुसार निजामती प्रशासनमा देखिएका कानूनो संरचनागत तथा कार्यगत समस्या समयमा समाधान गर्दै समयसापेक्ष व्यावहारिक नेतृत्वबाट चुस्तदुरुस्त नतिजामुखी र नागरिकमैत्री बनाउन निरन्तर आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

मुलुकको जस्तोसुकै प्रणालीमा जनतालाई सेवा प्रवाह, विकास र सङ्क्रमणकालीन शासन व्यवस्थामा पनि निजामती प्रशासनले पुर्‍याएको योगदान सधैँ प्रशंसनीय रहेको उनले बताए।

स्थायी सरकारका रूपमा रहेको निजामती सेवा राष्ट्रहितको प्रमुख आधार बनेर मात्र सुशासन, सामाजिक न्याय सहितको समुन्नतिले गति लिन सक्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ।