मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा राखिने

सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा राखिने

अपि टाइम्स

नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको शव आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ।

भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का सांसद महेश बस्नेतले जानकारी दिए। उनका अनुसार नेम्वाङको शब अहिले ७ बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालय लगिँदै छ।

‘आज र भोलि श्रद्धाञ्जलीका लागि शव पार्टी कार्यालयमा राखिने छ। भोलि अपराह्नपछि मात्रै अन्तिम संस्कार हुन्छ,’ उनले सेतोपाटीसँग भने।

संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम—२ बाट निर्वाचित सांसद थिए। एमालेका संसदीय दलका उपनेता रहेका उनको मंगलबार बिहान १ बजे निधन भएको उनले बताए।

उनको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। हृदयघात भएका उनलाई राति नै गंगालाल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

सांसद बस्नेतका अनुसार नेम्वाङ शनिबार धरानमा युवा संघको सम्मेलनमा सहभागी भएका थिए। आइतबार पनि दिनभर सिंहदरबारमै थिए।

सोमबार चाहिँ असहज महसुस भएको भन्दै घरमा बसेको उनले बताए।